Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आइसोलेशनमा रहेका थाहानगरका तीनै जनाको पिसिआर रिपोर्ट आयो

corona-update-t-1591152572.jpg

मकवानपुर थाहा नगरपालिकाका ३ जनाको पिसिआर रिपोर्ट आएको छ । 

भारतको पञ्जाबबाट आएका थाहा–७ का २ र थाहा–१२ को १ जना पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए । उनीहरुको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा पिसिआर परीक्षण गरिएको हो । रोजगारीको शिलशिलामा भारतमा रहेका उनीहरु घर फर्कने क्रममा हेटौंडामै आइसोलेशन राखेर पिसिआर परीक्षण गरिएको हो । 

पिसिआर परीक्षण गरिएकाहरु घर फर्किएका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०