Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा साइकल जात्रा

Cycle-1503907229.jpg

हेटौंडामा  साइकल जात्रा सम्पन्न भएको छ । हेटौंडा जेसिजको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको सहयोगमा साइकल जात्रा भएको हो । १ सय २५ जना सहभागी भएको साइकल जात्रा हेटौंडाको बुद्धचोकबाट शुरु भएको थियो ।

जात्रा कान्तिराजपथबाट चौघडा–चुच्चेखोला–हटिया–चिसापानी–कमाने हुँदै गर्दोइबाट फेरी बुद्धचोकमा आएर मेलाको रुपमा परिणत भएको थियो । साइकल जात्राको समापन गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले साइकललाई मनोरञ्जन मात्र नभई खेलकुदको रुपमा अगाडि बढाउनु पर्ने र यसको लागि जिल्ला खेलकुद विकास समिति सधैं तयार रहेको बताउनुभएको थियो । साइकलको प्रयोगलाई प्रबद्र्धन गर्दै वातावरण संरक्षण, स्वास्थ्य र इन्धन खपत घटाउने लक्ष्यसहित साइक्लिङ संघले विभिन्न साइक्लिङ यात्रा मार्फत बिभिन्न क्रियाकलाप गर्दै आइरहेको छ ।

हेटौंडा जेसिजका अध्यक्ष अरुण कुमार दाहालले अब साइकललाई प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष साइकल सम्बन्धी क्रियाकलाप गर्ने बताए । जात्रामा सहभागी हुनेहरुलाई प्रमुख अतिथि माधव तिमल्सिनाले मेडल प्रदान गर्नुभएको थियो । कार्यक्रममा छिमेकी जेसिजका अध्यक्षहरु, हेटौंडा जेसिजका पुर्वअध्यक्षहरुको सहभागिता रहेको हेटौंडा जेसिजका महासचिव लिसेन बस्नेतले जानकारी दिनुभएको छ । साइकल जात्रामा महिला र किशोर समूहको पनि सहभागिता रहेको थियो ।