Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा पनि पैंचो पसल

हेटौडा । उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनहरुलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उदेश्यका साथ पैचो पसल प्रा.लि.ले हेटौडामा पनि आज पैचो पसलको शुभारम्भ गरेको छ ।
किसानको उत्पादनहरु कि सडेर गइरहने कि त विचौलियाले उत्पादन मूल्य भन्दा थोरैमा खरिद गर्ने समस्या बढ्दो छ । यस्तो समस्यालाई मध्यनजर गर्दै पैचो प्रा.लि.ले गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा लगायतका जिल्लाहरुमा ५० वटा भन्दा बढी संकलन केन्द्रहरुमा किसानका उत्पादनहरु संकलन गरिरहेको पैचो पसल प्रा.लि.का बजार तथा मिडिया निर्देशक शरण कर्माचार्यले जानकारी दिनुभयो । आज भएको औपचारिक कार्यक्रममा पत्रकार तथा स्थानीय व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक कर्माचार्यले पहाड र उच्च पहाडका किसानले उत्पादन गरेका अग्र्यानिक कृषि उपजहरुलाई प्राथमिकताको साथ बजार व्यवस्थापन गर्ने जिम्मेवारीको साथ आफूहरु आएको बताउनुभयो । कार्यक्रममा बोल्ने क्रममा निर्देशक कर्माचार्यले भन्नुभयो–“धेरैजसो पहाडी जिल्लाहरुमा युवाहरु भेटिदैनन,् बृद्ध बाबुआमाले आफ्नो बारीमा फलेको दुई–चार किलो घिरौला, खुर्सानी नजिकको पैचो पसलमा लगेर आफूलाई आवश्यक पर्ने नुन, तेल, मसला ल्याउन सक्छन्, यही नै पैचो पसलको मुल मर्म ।” पैचो पसल प्रा.लि.ले जानकारी दिए अनुसार प्रा.लि.ले ८ प्रकारको विभिन्न अचारहरु, जुसहरु, जामहरु, पिठोहरु, सिन्की, गुन्द्रुक, मस्यौरा लगायतका वस्तुहरु उत्पादन गरेर सुपथ मूल्यमा विक्री गरिरहेको छ ।