nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

मकवानपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा हेटौंडामा ३ नम्बर प्रदेश अन्तर्गतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलुका करीब ५ बजेबाट शुरु भएको कार्यक्रममा ३ नम्बर तदर्थ समितिका संयोजक अरुणराज सुमार्गीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले राज्यको संरचनामा आएको परिवर्तनलाई आत्मसात गर्न महासंघले पनि आफ्नो विधानमा प्रादेशिक संरचना अनुसारको संगठन निर्माणमा लागि परेको बताउनु भएको छ । आसन्न महासंघको निर्वाचनमा आफूलाई बरिष्ठ उपाध्यक्षको रुपमा उभ्याएका महासंघका उपाध्यक्ष शेखर गोल्छाले बंैकहरुले आर्थिक रुपमा दुर्घटना निम्त्याएको गुनासो गर्नु भएको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा न्यौपानेले महासंघको आसन्न महासंघमा जिल्ला नगरको तर्फबाट आफूले पनि सदस्य पदका लागि उम्मेदवारी दिएकोले आफूलाई सबैले साथ र समर्थन दिन आग्रह गर्नु भएको थियो । महासंघले आफ्ना प्रादेशिक संरचनाको ढाँचा कस्तो बनाउने भन्ने विषयमा छलफल गरेको र यसै विषयलाई जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई प्रष्ट पार्नका लागि कार्यक्रम आयोजना गरिएको ३ नम्बर प्रदेशका संयोजक सुमार्गीले बताउनु भएको थियो । हाल प्रादेशिक संरचना अनुसार ३ नम्बर प्रदेश भित्रका १३ वटा जिल्लामा नगर र जिल्ला गरी १६ बटा उद्योग वाणिज्य संघहरु रहेका छन् ।

महासंघको पदाधिकारी हुनका लागि कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने महासंघको परिवर्तित विधानमा व्यवस्था गरेको छ । कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, मउवासंघका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।