Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाबाट २१ किलो गाँजा सहित २ जना पक्राउ

मकवानपुर प्रहरीले २१ किलो लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १० स्थित बसपाकमा काठमाण्डौबाट काकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ४९० नंबर को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार २ जनालाई २१ किलो गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सुनसरी ईटहरी नगरपालिका वडा नंबर १५ बस्ने वर्ष २० का सागर पाण्डे र जिल्ला धादिङ रोराङ नगरपालिका वडा नंबर १ बस्ने वर्ष १८ का सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०