Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाबाट लागूऔषधसहित ३ जना पक्राउ

लागूऔषधसहित मकवानपुरबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको मोटरसाइकलबाट लागूऔषध गाँजासहित २ जना र हेटौंडा( १५ भोर्लेबाट थप एक जना गरी ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौंडा पथलैया सडकखण्डमा हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको मोटरसाइकलमा  लागूऔषध  गाँजाको ज्याकेट लगाएर जाँदै गरेका पर्सा जिल्ला बहुदरमाई नगरपालिका(१ का ३८ बर्षीय शम्भु साह कलवार र वडा नम्बर ३ का २६ बर्षीय असलम देवानलाई पक्राउ गरेको हो ।

कालो प्लास्टिकको डोरीले सिएर कपडाको ज्याकेट बनाइ ४ किलोग्राम लागूऔषध गाँजा लैजान लागेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरेको गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले हेटौडा-१५ भोर्लेबाट ३२ बर्षीय रवीन्द्र गोलेलाई  १ सय १० थान लागूऔषध नाइट्रोसनसहित पक्राउ गरेको छ । शंकास्पद अवस्थामा हिँडिरहेका अवस्थामा चेकजाँच गर्दा उनको गोजीबाट लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०