nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडाबाट राजधानी सारिए उद्योगी नै आन्दोलित हुने

IMG_20190529_142503-1559120455.jpg

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले प्रदेश तीनको राजधानी हेटौंडाबाट अन्यत्र सारिए उद्योगीले नै आन्दोलन थाल्ने चेतावनी दिनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुराकानी गर्नुहुँदै अध्यक्ष कटुवालले प्रदेश तीनको राजधानी सारिए देशले नसोचेको आन्दोलन हुने बताउनुभयो ।

अध्यक्ष कटुवालले मकवानपुको हेटौंडामा औद्योगिक क्षेत्र विस्तार लागि जग्गा अभाव रहेको भन्दै चुरे क्षेत्रअन्तर्गतको खुल्ला बगर क्षेत्रमा औद्योगिक विकास गर्ने स्थानबारे सरकारले सोच्नुपर्ने बताउनुभयो । उहाँले हेटौंडा देशकै यातायातको हबको रहेकाले यसको व्यवस्थापनमा सरकार र सरोकार पक्षले बेलैमा सोच्नुपर्ने धारणा राख्नुभयो ।

जनता समाचारबाट साभार