Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ आउदै गरेको बस र ट्रक जुध्दा केही घाइते

16976780_758930877589911_-1487927938.jpg

हेटौंडाबाट पालुङतर्फ आइरहेको बस र विपरित दिशाबाट अाएको ट्रक जुध्दा केही घाइते भएकाछन् । हेटाैडाबाट पालुङका लागि छुटेको बा ३ ख २८३१ नम्बरको बस र पालुङबाट हेटौंडा तर्फ गईरहेको ना ५ ख २९३४ नम्बरको ट्रक जुधेको हो । 

हेटौंडाबाट २ वजे पालुङको लागी छुटेको बस २ः४० वजे कालीकाटारमा जुधेको हाे । विपरित दिशा तिव्र गतिले आएको ट्रकले बसलाई ठक्कर दिएको हो ।  

ट्रक र बस एक आपसमा ठक्कर हुँदा बसका ३३ जना यात्रीहरु सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागी हेटौंडा लगिएको छ । घटनाको विस्तृत विवरण अाउन बाँकी छ ।

-अच्युत बिडारी



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०