Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडाको ल्होछार कार्यक्रम स्थगित

Thumbnails2_lhochhar-1485157527.jpg

हेटौडा : २८५३ ज्या ल्हो (चरा बर्ष)को अबसरमा हेटौडाको बुद्धचोकमा माघ १५ गते मनाउने भनिएको ल्होछार सास्कृतिक कार्यक्रम हाललाई स्थगित गरिएको छ । 

नेपाल सरकारबाट २५ मिटर सडक विस्तार गर्ने गराउने क्रममा उक्त क्षेत्रको संरचना केहि नरहने हुनाले स्थान अभाबले गर्दा कार्यक्रम रोकिएको छ । र बजार क्षेत्रमा घरवाला, ब्यबसायीलाई परेको पिरमर्कालाइ मध्ये नजर गर्दै ल्होछार कार्यक्रम स्थगित गरिएको ह्याङ्ला तामाङ् समाजका अध्यक्ष आत्माराम मोक्तानले बताउनु भयो । 

 ल्होछार कार्यक्रम हेटौंडाको बुद्ध चोकमा गरिने राष्ट्रिय कलाकारको प्रस्तुतीका साथै ५ औं जिल्लास्तरीय तामाङ सेलो नृत्य प्रतियोगिता कार्यक्रम गरिने निर्णय भएको थियो ल्होछारको अवसरमा सास्कृतिक तथा विविधका साथ वर्षेनि ल्होछारलाई समाजले मनाउदै आएको कार्यक्रम केही समयपछि गरिने मोक्तानले बताए । 

जिल्लामा रहेका गुठी तथा तामाङ संघ सस्ंथाले आ-आाफनै आयोजनामा मनाउदैं आएका थिए ।