Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाको चुरीयामाइ नाकामा कडाई गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश २ बाट बागमती प्रदेश प्रवेस गर्ने प्रमुख नाका हेटौंडाको चुरीयामाइमा कडाइ गर्नका लागि प्रहरीलाई निर्देशन दिएका छन् । बिशेषगरी प्रदेश २ का बारा, पर्षा, रौतहट लगायतका जिल्ला र भारतबाट समेत यस नाका भएर कोरोना संक्रमण फैलन सक्ने भन्दै यसमा कडाइ गर्न निर्देशन दिनुभएको हो । बागमती प्रदेशका १३ जिल्लामा खासै कोरोना संक्रमितका विरामी धेरै देखा नपरेपनि तराइको पर्षा जिल्लामा यसका धेरै विरामी फेला परेका छन् ।

तराइका जिल्लाबाट साना सवारीका साधनमा, एमुलेन्समा, खाद्यान्नका गाडिमा चढेर आउनेहरुलाई हेटौंडा प्रवेश गर्न नदिन निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलीयाले वताए । 

धेरैले एम्बुलेन्समा समेत चढेर आउने हुनाले प्रहरी राखेर कडाई गर्नका लागि ससस्त्र र जनपथ प्रहरीलाई निर्देशन दिइएको उनले वताए । बिशेषगरी चुरीयामाइ मन्दिर नजिकनै प्रहरी वसेर अहिले कडाइ गरेको छ ।