nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौँडा सिमेन्ट उद्योग प्रवद्र्धन, सरकारको प्राथमिकता–उद्योग मन्त्री जोशी

उद्योगमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योगलाई सरकारले प्रवद्र्धन प्राथमिकतामा दिने प्रतिवद्धता व्यक्त गरेकाछन् । उद्योग देशकै गौरव रहेको बताउँदै मन्त्री जोशीले देशको धेरै सरकारी उद्योग धाराशायी बनेको अवस्थामा हेटौंडा सिमेन्ट देशको गौरब भएको बताउँदै प्रशंसा गरे । उद्योगलार्इ अझ सवल र सक्षम बनाउन भौतिक एवं जनशक्ति व्यवस्थापनमा थप ध्यान दिइने जोशीले उल्लेख गरे । 

हेटौँडा सिमेन्ट उद्योगको व्यवसायिक उत्पादनको ३१ औं बार्षिकोत्सवमा बोल्दै मन्त्री जोशीले २६ मंसीरमा यस्तो बताएका हुन् ।  मन्त्री जोशीले देशमा बन्द रहेका उद्योग चलाएर औद्योगिक वातावरण तयार गर्न सके मुलुकमा बेरोजगारी हटाउन सकिने धारणा राखेका थिए ।

उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंहले उद्योगको अवस्थाबारे वार्षिक उत्सव कार्यक्रममा जानकारी दिएका थिए । उद्योगको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी १ अर्ब ५० करोड र चुक्ता पूँजी ९० करोड ६ लाख ८५ हजार रुपैँया रहेको छ । उद्योगमा ९० करोड ६ लाख ८५ हजार मूल्यको साधारण शेयर छ । उद्योगको ऋण दायित्व १२ करोड रुपैँया रहेको कार्यक्रममा जानकारी दिईएको थियो । 

वार्षिक उत्सव कार्यक्रम उद्योग संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सभासद्, राजनैतिक दलका प्रतिनिधि, आर्थिक क्षेत्रका व्यक्तित्व, उद्योगका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)