Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडाले निर्धारण गर्यो मासुको मुल्य, थाहामा कैले

download-1565521859.jpg

हेटौंडा उपमहानगरपालिकाले मासुको मूल्यनिर्धारण गरेको छ । नगरप्रमुख हरिबोल महतको संयोजकत्वमा सर्वपक्षीय वैठकले खसीको मासु प्रतिकेजी ८ सय ८० रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । साउन २५ गते शनिबारदेखि लागू हुने गरी मूल्य निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

माछामासु व्यवसायीले यसअघि मासु मूल्य निर्धारण गरेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । व्यवसायीले ८ सय रुपैयाँबाट ९ रुपैयाँ प्रतिकेजी खसीको मासु विक्री गरेका थिए । बोसोसहित खसीको मासु प्रतिकेजी ८ सय ८० रुपैयाँ तोकिएको हो । त्यस्तै राँगाको मासु ४ सय रुपैयाँ, फलमासु प्रतिकेजी ४ सय ५० रुपैयाँ कायम गरिएको बताइएको छ । भैंसीको मासु ३ सय रुपैयाँ, बाख्रीको ६ सय रुपैयाँ र पाठीको ७ सय रुपैयाँ कायम गरिएको छ । ब्रोईलर कुखुराको मासु प्रतिकेजी ३ सय ५० रुपैयाँ तोकिएको व्यवसायीहरुले जानकारी दिएका छन् ।

यता थाहा नगरपालिकामा भने मासुको मुल्य जति नै बढे पनि उपभोग गरिरहेका छन् । मुल्य नियन्त्रणको लागि थाहामा पनि स्थानिय सरकारले नै निश्चित मुल्य निर्धारण गर्नु आवश्यक छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०