Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटाैंडामा २ सय १० किलो गाँजा नष्ट गरियो

मकवानपुर प्रहरीले मकवानपुरका विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरेको ठूलो परिमाणको गाँजा र चरेससहित लागुऔषध आज जलाएर नष्ट गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंं १ स्थित खोलाको किनारमा लागुऔषध जलाएर नष्ट गरेको हो ।

प्रहरीले नष्ट गरेको लागुऔषधमा गाँजा २ सय १० केजी ३६४ ग्राम,१३ किलो ४२ ग्राम चरेश, ६ सय ८६ ट्याब्लेट नाईट्रोभेट, १ सय ९० एम्पुल फेनारगन, १ सय ८६ एम्पुल ब्युप्रोनोर्फिन , १ सय ८९ एम्पुल डाईजेल्याब, ९ सय ९१ एमएल कोरेक्स र ८ बोतल वुइनरेक्स रहेको थियो ।

बरामद गरिएको लागुऔषध अनुसन्धान तथा कारबाहीको प्रक्रिया पुरा भएपछि जलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, जिल्ला अदालत मकवानपुरका प्रतिनिधि विनोद कुमार ढकाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक हरीविष्णु ढकाल, भिमफेदी गाउँपालिका वडा नंं १ का वडाध्यक्ष श्याम कुमार वल, दिपकला प्रतिष्ठान सुधार केन्द्रका अध्यक्ष राजिव श्रेष्ठ, स्थानिय ब्यक्तिहरुको उपस्थितिमा उक्त लागुऔषध जलाएर नष्ट गरेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०