Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हिरा लुट्ने ५ जना पालुङबाट पक्राउ

pakrau-1584950895.jpg

 हिरा लुटपाटमा संलग्न हुने एक असई र पत्रकारसहित ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्य मकवानपुरको पालुङबाट पक्राउ परेका हुन् । पक्राउ परेका अर्को एक जनाको भने नाम खुलेको छैन ।

हिरा लुटेर भाग्दै गर्दा उनीहरुलाई प्रहरीले रोकी खानतलासी गर्ने क्रममा पक्राउ परेका हुन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिदैछ ।