nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हिमपातका कारण अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

मकवानपुरको पर्यटकीय नगरी थाहानगरपालिकाको दामन सिमभन्ज्याङ र नामटारको दन्दुभन्ज्याङ तथा गोलमोडमा बाक्लो हिमपात भएपछि अवरुद्ध यातायात आवगमन सुचारु भएको छ । १५ माघ विहान १ बजेबाट अवरुद्ध त्रिभुवन राजपथको पालुङ–नामटार सडक खण्डमा अपरान्हबाट यातायात आवागमन सुचारु भएको हो । सडकमा जमेको करिब आधा फिट हिउँ सडक विभागका कर्मचारीहरु, नेपाल प्रहरी तथा नेपाल आर्मी र स्थानीयहरुको सक्रियता हटाएपछि खुलेको हो ।

दामनमा हिउँ परेको खबर १५ माघ विहानै संचारमाध्यममा आएपछि हिउँ पारखीहरु हिउँ खेल्न दामन सिमभन्ज्याङ पुगेका थिए । दामनमा दिनभरी नै आन्तरिक तथा बाह्यि पर्यटकहरुको भिड लागेको थाहानगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा होटल व्यवशायी शिवकुमार खत्रीले जानकारी दिए । मकवानपुर थाहानगरको दामन, पालुङ, सिमभन्ज्याङ, शिखरकोटलगायतका क्षेत्रका सबै होटल पर्यटकले भरिभराउ रहेको सुनगाभा होटलका संचालक अनिल विष्टले जानकारी दिए ।

थाहानगरको दामन सिमभन्ज्याङ क्षेत्रमा यसैवर्ष पौष.. गते पनि हिउँ परेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)