nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हाम्रो सेवा पर्यटनलाई टेवा साँस्कृतिक कार्यक्रम

मकवानपुर होटेल एशोसिएसनले हाम्रो सेवा पर्यटनलाई टेवा भन्ने मुल नारा लिएर बृहत साँस्कृतिक कार्यक्रम गरेको छ । स्थानिय संस्कृति तथा पर्यटन र स्थानिय स्तरका कलाकारलाई प्रबद्र्धन गर्ने उद्देश्यले तेश्रो संस्करणको साँस्कृतिक कार्यक्रम गरेको हो । 
हरेक वर्ष दशैं तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरि व्यवसायीहरु विच सामिप्यता बढाउने उद्देश्यले कार्यक्रम गरिएको एशोसिएसनका कोषाध्यक्ष विजय श्रेष्ठले बताउनु भयो । स्थानिय स्तरका कलाकार सहित हेटौंडाका विभिन्न क्षेत्रका व्यक्तित्वहरु समेत समेटिएको कार्यक्रम सभ्य र भव्य रहेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । एशोसिएसन अध्यक्ष भागिरथ शर्माले उपस्थित सबैलाई स्वागत गरेर शुरुवात गरिएको कार्यक्रममा श्रृजना कला केन्द्रबाट विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

सुभाष गहतराज, प्रलय चौलागाई र बरिष्ठ गायक कृष्णगोपाल सिंहको समेत गायन रहेको कार्यक्रमले उपस्थितलाई मनोरञ्जन प्रदान गरेको थियो । जावलाखेल डिस्टिलरी तथा सिजि ब्रअरी नेपालको प्रायोजन रहेको कायक्रममा १ सय ३५ जना एशोसिएसन सदस्य रहेको थियो । कार्यक्रममा प्रलय चौलागाइले देशभक्तिले ओतपोत भएको गित जहाँछन बुद्धका आँखाबाट शुभारम्भ गरेर कार्यक्रमलाई रौनकता दिएका थिए ।