Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हराएको किराँतकालिन मूर्ति फेला पर्यो, तीन जनामाथि अनुसन्धान जारी

MMM-1506393347.jpg

मकवानपुरको थाहा नगरपालिका चित्लाङबाट हराएको महालक्ष्मीको मूर्तिफेला परेको छ । थाहानगरकै बज्रबाराहीमा घर भाडामा लिएर बसेकाका रामहरी भट्टको घरमा मूर्ति भेटिएको हो । इलाका प्रहरी कार्यालय पालुङको सहयोगमा मुर्ति भेटिएको हो ।

मुर्तिलाई सफा सुग्घर गरि बेच्नलाई ठिक्क पारिएको अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मूर्तिलाई परम्परा अनुसार थकाली जनक बलामीको घरमा राखिएको थियो । जात्रा नजिकिएसंगै स्थानीयले मुर्ति हेर्न खोज्दा नभेटेपछि चोरीको आशंका गरी खोजीकार्य तिब्र पारिएको थियो ।
प्रहरीले घर धनी बलामी, घर भाडामा लिने भट्ट सहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि चोरी भएको मुर्ति भेटिएको हो ।

अहिले तीनै जनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दिलिप राज झाले जानकारी दिए । 

स्थानीय गुरु स्वर्गिय भिम लाल बलामीको घरमा राखिएको मुर्ती उनको मृत्यु भएपछि थकालीको नाताले जनकको घरमा राखिएको थियो  ।
किराँतकालिन उक्त मूर्ति हजार वर्ष पुरानो भएको प्रहरीको अनुमान छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०