Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हराएकी थाहानगरकी विष्ट हटियामा भेटिइन्

थाहा नगरपालिका वडा नं. ३  घर्तिखोलाकी राधिका विष्ट हराएको दुई दिनपछि फेला परेकी छिन् । 

थाहा नगरपालिका वडा नं. ४ मा रहेको आफ्नो दिदीको घर जान्छु भनी ३ वैशाख विहान घरबाट निस्केकी विष्ट हेटौंडा उपमहानगरपालिका हटिया स्थित  मामा घरमा भेटिएकी हुन् । श्रीमती हराएपछि ४ वैशाखमा खोजिदिनको लागि इलाका प्रहरी कार्यालय पालुङमा श्रीमान् प्रकाश विष्टले निवेदन दिएका थिए । भेटिएकी विष्टको अवस्था सामान्य रहेको परिवार स्रोतले जानकारी दिएको छ ।  

राधिका विष्ट हराएको समाचार विकासखबर डटकमले प्रकाशन गरेको थियो ।