nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हङ्गकङ्ग अन्तराष्ट्रिय पर्यटन मेलामा नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन 

thumbnail-1529217291.jpg

हङ्गकङ्गमा यहि ३१ जेष्ठदेखि ३ असारसम्म आयोजित ३२ औं अन्तराष्ट्रिय पर्यटन मेला तथा १३ औं माइस पर्यटन मेला २०१८ मा नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन गरिएको छ ।  

प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड तथा नेपाल वायूसेवा निगम र अन्य ४ वटा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको सहभागितामा रहेको थियो । हङ्गकङ्गमा आयोजना हुने एकमात्र यो पर्यटन मेलालाई हङ्गकङ्गमा विशेष महत्वका साथ हेरिन्छ । हङ्गकङ्गबासीहरुले आफ्नो यात्रा गन्तव्य छान्ने पर्वका रुपमा लिने यस मेलामार्फत नेपालले सन २०२० मा मनाउँदै गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उपर्युक्त अवसरको रुपमा प्रयोग गरेको हो । नेपाल वायूसेवाले प्रवद्र्धनात्मक हवाइ भाडा तथा सहभागी पर्यटन व्यवसायीहरुद्धारा विशेष भ्रमण प्याकेजहरु दिई यहाँका व्यवसायीहरु तथा सम्भावित भ्रमणकर्ताहरुलाई नेपाली स्टलमा आकर्षित गरिएको थियो । नेपाल पर्यटन बोर्डले बुद्धको मूर्ति, नेपाली टोपी, आँखीझ्याल जस्ता संग्रह सामाग्री तथा सगरमाथा, लुम्बिनी, पोखराका पोष्टर निःशुल्क वितरण गरेको थियो ।

५५ भन्दा बढी देशका ६७० प्रदर्शनकर्ताहरुले सहभागीता जनाएको मेलाको २ दिने व्यापारिक कार्यक्रममा हङ्गकङ्ग क्षेत्र र जनवादी गणतन्त्र चीनका अन्य प्रमुख शहरहरु र अन्य मुलुकमा १ हजार २ सयभन्दा बढी व्यापारीक तथा माइसमा रुचि राख्ने व्यक्तीहरु तथा अन्य २ दिने सर्वसाधारण मेला कार्यक्रममा नब्बेहजार भन्दा बढी आगन्तुकहरुले सहभागिता जनाएका थिए । 

कार्यक्रमा सहभागी पत्रकारहरुसँग बोल्दै नेपाली प्रतिनिधीमण्डलका नेता, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालले सन २०२० मा २० लाख पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्य राखेको र हाल हङ्गकङ्ग, चीन लगायतबाट भैरहेको आगमनमा दोब्बर बृद्धि गर्ने योजना रहेको बताउदै नेपालले विभिन्न पर्यटकीय पूर्वाधारहरुको निमाणरविकास गरीरहेको बताए , नेपालको खानाको विश्वव्यापीकरण गर्ने कार्यक्रमा बारेमा समेत लामिछानेले प्रकाश पारेका थिए । नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि यहाँका पत्रकारहरु तथा टुर अपरेटरहरुको समेत साथ र सहयोगको अपेक्षा उनले राखेका थिए । सो अवसरमा नेपाल वायसेवाका तर्फबाट विश्वसनिय तथा गुणस्तरीय सेवाको समेत प्रतिवद्धता व्यक्त गरिएको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)