Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको अध्यक्ष अब जनप्रतिनीधि
थाहानगरको स्वास्थ्य संस्थाको नेतृत्वमा को-को ?

स्वास्थ्य मन्त्रालयले स्थानिय स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन समितीको मापदण्ड पुर्नगठन गरेको छ । प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिती अब जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा हुने भएको छ । 

स्वास्थ्य मन्त्रालय मन्त्री स्तरको निर्णय अनुसार स्थानीय स्वास्थ्य संस्थाको संरक्षकमा सोही स्थानको जननिर्वाचित प्रतिनिधि मेयर अथवा गाउँपालिकाको अध्यक्ष हुने व्यवस्था गरिएको छ भने वडा अध्यक्ष व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय भएको छ । 

जुन वडामा प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी छ त्यही वडाको वडा अध्यक्ष व्यवस्थापन समिति वा सञ्चालक समितिको अध्यक्ष हुनेछन् भने मेयर अथवा गाउँपालिकाको अध्यक्ष संरक्षक हुने निर्णय भएको स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए ।  

जननिर्वाचित प्रतिनिधीको नेतृत्वमा बन्ने समिती ७ सदस्यिय हुनेछ । समितिमा अध्यक्षले मनोनित गरेको व्यक्ति उपाध्यक्ष हुने व्यवस्था गरिएको छ । सदस्यहरु स्वास्थ्य चौकी रहेको क्षेत्रको विद्यालयका प्रमुख, स्थानीय व्यापार संघको प्रतिनिधि, संरक्षकबाट मनोनित स्थानीय लब्ध प्रतिष्ठित एकजना महिला सहित एकजना वडा कार्यालयको अधिकृत गरी दुईजना सदस्य रहनेछन् । 

समितिको सदस्य सचिव भने प्राथामिक स्वास्थ्य केन्द्र अथवा स्वास्थ्य चौकी प्रमुख हुने मन्त्री स्तरीय निर्णय भएको छ । 

थाहामा को–को हुने भए अध्यक्ष ?

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अध्यक्ष : दिपकसिं लामा

पालुङ स्वास्थ्य चौकी अध्यक्ष : गुप्त बहादुर कार्की

बज्रवाराही स्वास्थ्य चौकी अध्यक्ष : शशीधर सुवेदी

चित्लाङ स्वास्थ्य चौकी अध्यक्ष : परशुराम श्रेष्ठ

टिष्टुङ स्वास्थ्य चौकी अध्यक्ष : किरणमान बल

आग्रा स्वास्थ्य चौकी अध्यक्ष : टीकाराम रुम्बा



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०