nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्वास्थ्य केन्द्रको जेनेरेटर मर्मत, जडानको समस्या

IMG_20180311_123316-Cop-1521632238.jpg

उत्तरी मकवानपुरका थाहा नगरपालिका–४, दोवोटो स्थित वि.सं.२०२८ साल देखि सञ्चालनमा रहेको स्वास्थ्य केन्द्र, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र उत्तरी क्षेत्रका बासिन्दाहरुकै लागि सेवा लिने थलो हो । सेवाको हिसाबले २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको केन्द्रमा हाल दिनहुँ जसो बत्ति जाने समस्याले गर्दा  स्वास्थ्य सेवामा प्रभावकारीता आउन सकेको छैन । सेवाको हिसाबले सशुल्क रुपमा एक्सरे सेवा र निशुल्क रुपमा प्रयोगशाला (ल्याब), चेकजाच, सामान्य शल्यक्रिया तथा आन्तरीक फोर्मेसी (औषधी) लगायतका नियमित सेवाहरु प्रदान गर्दै आइरहेको केन्द्रमा बत्तिको कारण प्रभावकारी सेवा नभएको गुनासो दिनानुदिन सेवाग्राहीहरुले गर्न थालेका छन ।


केहीदिन अघिमात्र स्वास्थ्य केन्द्रमा बिजुलीको बैकल्पिक ब्यवस्था नहुँदा समस्या भएको समाचार बाहिर आएपछि  स्वास्थ्य संस्थामा रहेको पुरानो जेनेरेटर मर्मत गरेर प्रयोगमा ल्याउने थाहा नगरपालिकाका नगरप्रमुख लबसेर बिष्टले बताएको थियो । मर्मत गरि ल्याइएको भए पनि प्रयोगमा भने नआएको संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन । बिजुलीको बिकल्पको रुपमा कुनै पनि उपाय नभए पछि ब्यवस्थापन पक्षले प्राथमिक स्वास्थ्य केन्द्रमा बिग्रीएर रहेको जेनेरेटरलाई मर्मत गरी प्रयोगमा ल्याउने प्रयास गरेको थियो । सेवा प्रदानमा समस्या  भइरहँदा र सेवा ग्राहीले समेत गुनासो गर्न थलेपछि मर्मत गरिएको जेनेरेटर हाल सम्म पनि प्रयोगमा ल्याइएको छैन । 


किन प्रयोगमा ल्याइएन त मर्मत गरिएको जेनेरेटर ? जवाफमा डाक्टर रिनेश अधिकारी भन्छन– “जेनेरेटरको तार फिट गर्ने मान्छे नै नआएकोले जेनेरेटरको प्रयोग गर्न नसकिएको हो, अब नगरपालिकालाइ भने तर पनि मान्छे नै नभएपछि कसरी जडान गर्ने अनि चलाउने हामीलाई समस्या भयो ।”
सामान्य रुपमा हेर्दा जेनेरेटर जडान गर्ने मानिस नै नपाउने हो र थाहामा भन्दा बाहाना बनाए जस्तो देखिन्छ । के जडान गर्ने मान्छे नपाए र नै जडान नभएको हो त? जवाफमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष दिपक सिं लामा भन्छन–“ लाइन जोड्ने प्राबिधिक नभएर हो, बत्ति जाँदा र नजाँदाको समयको लागि छुट्टा छुट्टै लाइनको ब्यवस्था गर्नुपर्ने र प्राबिधिक ब्यवस्था नमिल्दा बिजुलीको बिषयमा फेरी अर्को समस्या देखा पर्न सक्ने भएको कारण दक्ष प्राबिधिकको पर्खाइमा रहेको हो, चाडै नै समाधान गर्ने छौँ ।” 
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।