Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्ववियुद्धारा राहत वितरण

555-1503796297.png

स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्याम्पसद्धारा राहत वितरण भएको छ । १० भाद्रमा मनहरी गाउँपालिका ५ नम्बर वडाका वाढि पीडितहरुलाई राहत वितरण गरिएको हो ।

१६ घर वाढि पीडितलाई प्रति परिवार उर्जा चामल २५ केजी,चिउरा ३ केजी, दाल ३ केजी दालमोठ १ केजी, नुन १ केजी, तेल १ लिटर, साबुन ४ प्याकेट, मसला १ प्याकेट, विस्कुट ६ प्याकेट, आँटा २ केजी, सर्फ १ प्याकेट, १५ लिटरको बाल्टी  र  २५ जना वाढिपीडत  विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको स्ववियु मकवानपुर क्याम्पसका सचिव आकाश अधिकारीले जानकारी दिए । राहत सामाग्री स्ववियु सभापति कुमार केसीले मनहरी गाउँपालिका  ५ नम्बर वडा अध्यक्ष शुभराज थिङलाई हस्तान्तरण गरेका थिए ।

राहत सामाग्रीको लागि स्ववियु मकवानपुर क्याम्पसले तीज कार्यक्रमबाट छुट्याएको रकम, विएस्सी  अध्ययनरत विद्यार्थीहरुले प्रदान गरेको रकम लगायतको सहोगबाट पैसा जम्मा गरेको थियो । वितरण गरेको राहत ५२ हजार बराबरको रहेको स्ववियु सचिव आकाश अधिकारीले जानकारी दिए ।