nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्वरोजगार कार्यक्रमले स्वरोजगार बनेका बद्रिप्रसाद पौडेल 

badri-paudel-1626522022.jpg
  • मिना अर्याल

बद्रिप्रसाद पौडेल एक निम्न वर्गीय किसान परिवारमा जन्मिएका व्यक्ति हुन् । आमभन्ज्याङ–८, हाल मकवानपुर गढी –६, सरङ्पुर स्थायी घर भएका उनले पाखा/पखेरोमा घाँस, दाउरा गर्दै गाउँकै विद्यालयमा कक्ष १० सम्म पढे । घरायसी अवस्थाको कारण पढाइलाई अगाडि बढाउन नसकेका उनी आफ्नै जीवन, व्यवहार र परिवेशबाट धेरै ज्ञान र अनुभव हासिल गर्दै अघि बढे । कमाउने उमेर भएपछि ठेलागाडामा तरकारी, फलफूल बेच्दै हिँड्नु नै उनको दिनचर्या बन्यो । 

२०६५ सालमा नेपाल सरकारले युवा स्वरोजगार कार्यक्रम सञ्चालन ग¥यो । त्यतिवेला उनी मकवानपुर उद्योग बाणिज्य संघ पुगे र ३ दिने कोषसम्बन्धी अभिमुखीकरण तालिम लिए । तालिमपश्चात् उनी फेरि आफ्नै काममा फर्किए । त्यसको ४ बर्ष पछि अर्थात् २०६९ सालमा जब कोषको कार्यक्रम जिल्लामा सहकारीमार्फत् सञ्चालन भयो । ४ वर्षअघि नै अभिमुखीकरण तालिम लिएका उनले कार्यक्रमबारे जानकारी पाएपछि भौतारिँदै कोषको जिल्लास्थित कार्यालय मकवानपुर उद्योग बाणिज्य संघ पुगे ।


त्यहाँबाट सम्पूर्ण जानकारी पाएपछि उनी दिव्यतारा बहुद्धेश्यीय सहकारी सस्था हेटौंडा –२ पुगेर आफ्न्ना योजना सुनाए । उनले आफू इलेक्ट्रिक रिक्सा खरिद गरी ब्यवसायी हुन चाहेको र त्यसको लागि तालिम प्राप्त रहेकोे समेत बताए । सहकारी संस्थाका ब्यवस्थापक रमेशप्रसाद कोइरालाले इ– रिक्साको बिक्रेतासँग सम्झौता  गरी कर्जावापत रु २ लाखको चेक हस्तान्तरण गरे । त्यसमा पौडेलले आफ्नो रु. १५ हजार थपेर रु. दुई लाख १५ हजारमा इ–रिक्सा खरिद गरे । 

‘सरकारको यो कार्यक्रम निरन्तर चलोस, म जस्ता सीप, जाँगर भएकाहरु धेरैले कर्जा पाउन सकून् । हामी स्वरोजगार कर्जा लिई असल ब्यवसायी बनेकाहरुलाईसमेत भविष्यमा सरकारले सम्झियोस, पुन:  कार्यक्रममा सहभागी हुन पाइयोस् ।’

युवा स्वरोजगार कोष तथा सहकारीको सहयोगको बोर्ड आफ्नो रिक्सामा राखेर उनी नियमित आफ्नो ब्यवसायमा लागे ।

आफ्नो काममा सदैव उत्साही एवम् आत्मविश्वासी रहेका पौडेलले केही समयमा नै सफलताको बाटोतिर अग्रसरता देखाए । हेटौंडा बजारको लागि नयाँ साधनको रूपमा रहेकोे इ–रिक्सा सबै मानिसहरुको रोजाइ बन्यो । उनी दैनिकी जम्मा भएको रकम सहकारीमा जम्मा गर्थे । ‘त्यतिखेर राम्रो कमाइ हुन्थ्यो, कहिले त खर्च गरेर पनि दिनमा पैंतीस सय रुपियाँसम्म संस्थामा जम्मा गर्थें,’ उनी अहिले सम्झन्छन् ।

यसरी उनले २ बर्ष भित्रमा नै आफ्नो कर्जा चुक्ता गरे ।  नियमित किस्ता बुझाएर कर्जा चुक्ता गरेकोले उनले नेपाल सरकारबाट प्रदान गरिने  ६० प्रतिशत ब्याज अनुदान बापत रु २१ हजारसमेत पाउन सफल भए । २०७१ सालमा दिव्यतारा बहुदेश्यिय सहकारी लि. को बार्षिक साधारण सभामा संस्था तथा स्वरोजगार कर्जा लिने सदस्यमध्य नियमित किस्ता, ब्याज बुझाई असल वचतकर्ताको रूपमा उनी सम्मानित हुन पुगे ।
उनले त्यस अवधिमा आफ्नो कमाइबाट  हेटौंडा –६ चौघडामा आठ धुर घडेरीसमेत किन्न सफल भए । अन्य सहकारीमा समेत नियमित वचत तथा कारोबार गर्ने उनी सबैतिर इमान्दार सदस्य रहेको भेटिन्छ्न । उनी भन्छन्, ‘मलाई सानैदेखि आफ्नै गाउँघर परिवेश राम्रो लाग्थ्यो । स्वर्गजस्तो आफ्नो देश छोडेर विदेशिनु कहिल्यै मन भएन ।’ 

पौरख गरे आफ्नै ठाउँमा परिवार र इस्टमित्रसँग रमाइ–रमाई मनग्य कमाउन सकिने उनको भनाइ रहेको छ ।  

स्वरोजगार कोष तथा दिव्यतारा सहकारीले आफुलाई विश्वास गरी स्वरोजगार कर्जा दिएकोमा खुशी ब्यक्त गर्दै उनी भन्छन्, ‘सरकारको यो कार्यक्रम निरन्तर चलोस, म जस्ता सीप, जाँगर भएकाहरु धेरैले कर्जा पाउन सकून् । हामी स्वरोजगार कर्जा लिई असल ब्यवसायी बनेकाहरुलाईसमेत भविष्यमा सरकारले सम्झियोस, पुन:  कार्यक्रममा सहभागी हुन पाइयोस् ।’



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)