nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्वतन्त्र पत्रकार संघमा नयाँ नेतृत्व

स्वतन्त्र पत्रकार संघ मकवानपुर शाखाको दोस्रो जिल्ला अधिबेशनले समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

हेटौंडामा ९ वैशाखमा भएको भेलाले उपाध्यक्षमा रेडियो थाहा सञ्चारका गोकुल अधिकारी, सचिवमा नागरिक दैनिकका अशोकसुजन श्रेष्ठ, कोषाध्यक्षमा समृद्ध समाज दैनिककी प्रिया पौडेल, सदस्यहरुमा रेडियो अनमोलकी सुस्मिता पुडासैनी, प्रदेश दैनिकका प्रमोद अर्याल र रेडियो निकासका सुशन लामिछाने चयन गरेको छ ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष सुरेश श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको प्रमुख अतिथ्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको बिशिष्ठ अतिथ्यमा भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बाँस्तोलाले पत्रकारितामा राजनीति मिसाउन नहुने भन्दै पत्रकार स्वतन्त्र भएमात्र देश र जनताको हित हुने बताए । ‘पत्रकारहरुलाई राजनीतिक दलको भातृ संगठन भन्दा टाढै राख्नुपर्छ,’ उनले भने, ‘निष्पक्ष पत्रकारिताका लागि स्वतन्त्र पत्रकारको विकल्प छैन ।’

स्वतन्त्र पत्रकार संघको विधान अनुसार कार्यसमितिको चयन २ बर्ष रहने छ । वि.सं. २०६८ सालमा पोखरामा स्थापना भएको स्वतन्त्र पत्रकार संघको मकवानपुरसहित २२ जिल्लामा शाखा रहेका छन् । गतबर्ष बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा संगठन विस्तार गरेको स्वतन्त्र पत्रकार संघले यसबर्ष झापा, मोरङ्ग लगायतका शाखा गठन गर्ने जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)