Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्वच्छन्द भैरब माविको अभिभवाक भेला भव्यताकोसाथ मनाइयो

Swochhanda-bhairam-02-1580527543.jpg
  • सन्जिब नेपाल/चित्लाङ

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा रहेको स्वच्छन्द भैरब माविको ६२ औं वार्षिक उत्सव सम्पन्न भएको छ । स्वच्छन्द भैरव माविमा १६ माघमा भएको अभिभावक भेला, सहिद दिवस साथै सरस्वती पुजाकोको समेत विशेष समारोह आयोजना गरिएको थियो । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठ र विद्यालयका अक्षयकोष दाता लक्ष्मण गमाल विशेष अतिथी रहेका थिए । कार्यक्रममा नेकपा थाहा–९ अध्यक्ष हरि शरण नेपाल, विद्यालय व्यवसथापन समितिका सदस्यहरु, सल्लाहकार विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा बालबालिका तथा अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लवशेर विष्टले थाहा नगरपालिकाले शिक्षाको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए । उनले पहिलो कुरा शिक्षा नै नभए अरु केही संभवन नहुने हुँदा शिक्षा विकासको लागि आफू सँधै प्रतिवद्ध हुने बताए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद दाहालले विद्यालयको आयव्यय प्रस्तुत गरेका थिए । 

अभिभावक भेलाको अवसरमा विद्यालयमा बृहत सास्कृतिक, मनोरन्जनात्मक तथा बौद्धिक कार्यक्रम समेत संचालन गरिएको थियो । शिक्षक राजु लम्सालले संचालन गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  सन्जय बलामीको सभाध्यक्षतामा भएको थियो । 

कार्यक्रमको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापको बिजेताहरु तथा एसईइका उत्कृष्ट छात्र छात्रालाई नगद पुरस्कार तथा जेहन्दार छात्र छात्रालाई छात्रलाई छात्रवृत्ति प्रदान गरिएको थियो। त्यसैगरी अभिभावक तर्फबाट पुरुष र महिलाको छुट्टाछुट्टै म्युजिकल चियर प्रतियोगिता समेत संचालन गरिएको थियो ।  

विद्यार्थीहरुले नृत्य, कवितालगायत बिभिन बाल प्रतिभाहरु प्रस्तुत गरेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०