Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्मार्ट सिटी सम्बन्धी अभिमुखीकरण

स्मार्ट सिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम २ असारमा हेटौंडामा भएको छ । हेटौंडा उपमहानगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका उपप्राध्यापक एवम् राष्ट्रिय सुचना तथा सञ्चार परिषदका सदस्य रोमकान्त पाण्डे, सचिनजंग कार्कीले सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रममा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा, वडा अध्यक्षहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्मार्ट सिटीको परिचय, तत्व, महत्व, उत्कृष्ट स्मार्ट सिटीहरु, बिद्युतीय सुशासन, शुरु गर्नुपर्ने बिषयहरु,  स्मार्ट फोहर व्यबस्थापन, स्मार्ट पानी बितरण, स्मार्ट बिद्युत प्रशारण, स्मार्ट यातायात लगाएतका बिषयमा अनुशिक्षण दिईएको थियो । 

कार्यक्रमको समापनमा उपमेयर मिना लामाले सूचना र प्रबिधिको युग २१ औँ सताव्दीमा हेटौंडालाई स्मार्ट सिटी बनाउन पहल गर्ने प्रतिबद्धता जनाउँनुभयो ।