Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीय सरकारलाई साँढे दुईवर्षमा बल्ल कानूनी सहजकर्ता

मकवानपुरका स्थानीय तहमा रहेका न्यायिक समितिका लागिकानुनी सहजकर्ता छनौट भएका छन् । 

मकवानपुरका १० स्थानीय तहका न्यायिक समितिमा रहेर काम गर्ने कानुनी सहकर्ताहरु अन्तरवार्ताबाट छनोट भएका हुन । अब, थाहा नगरपालिकामा कानूनी सहजकर्ताका रुपमा थाहा नगरपालिकामा गोपी कुमारी कार्की आउने भएकी छिन् । स्थानीय तहको निर्वाचनको करिब साँढे २ वर्षपछि स्थानीय तहले कानूनी सहजकर्ता पाएका हुन् । 

त्यस्ेगरी मकवानपुरगढी गाउँपालिकामा रामशरण लामिछाने, मनहरी गाउँपालिकामा रेखा साप्कोटा, राक्सिराङ्मा प्रविण हुमागाँई, भीमफेदीमा खड्गमाया चौलागाँई, हेटौंडा उपमहानगरपालिकामा रोजिता लम्साल, ईन्द्रसरोवरमा कविता लम्साल, कैलाशमा मिना थिङ्, बकैयामा बिनिता महत र बागमतिमा श्रीदेवी गोले छनोट भएका हुन् । अन्तरवार्तामा सफल भएका उमेद्वारहरुलाई आगामि भदौ १० गते ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सम्पर्क गर्न जानकारी गराईएको छ ।

३ नम्बर प्रदेश सरकारले प्रदेशका १ सय १९ मध्ये १ सय १६ स्थानीय तहमा नियुक्त गर्ने कानुनी सहजकर्ताहरुको मकवानपुर जिल्लाका १० स्थानीय तहकालागि सहजकर्ता छनोट भएका हुन । प्रदेश सरकार मार्फत नियुक्ति लगायत तलब सुबिधा पाउने गरि उनिहरुको सिफरीस गरिएको छ । प्रदेशले नियुक्ति गर्ने कानुनी सहजकर्ताको जिल्ला समन्वय समितिलाई कार्यविधि सहित छनोटको जिम्मा दिएको थियो । कार्यविधिका आधारमा छनोट भएकहरुलाई जिल्ला समन्वय समितिको सिफारीसमा प्रदेश सरकाले नियुक्ति दिने छ । 

मकवानपुरका १० स्थानीय तहकालागि ३ सय ४८ जनाले आवेदन दिएका मध्ये अन्तरवार्ताबाट कानुनी सहजकर्ता छनोट भएका हुन । जिल्ला समन्वय समितिले एक स्थानीय तहका लागि बैकल्पिक २ सहित तीन जना छनोट गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०