nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय सरकारलाई टेरिएन, थाहानगरमा बालुवा झिक्नेको ओइरो 

67181374_508703319902957_-1563873973.png

मकवानपुर थाहा नगरपालिका क्षेत्रको खोलामा बालुवा झिक्नेहरुको भिड नै लागेको छ । 

संघीय सरकारको निर्देशन अनुसार नै जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरले ३१ असारमा जिल्ला मातहतका १० वटै स्थानीय तहलाई पत्राचार गरेको भएपनि थाहानगरमा उत्खनन् कार्य रोकिएको छैन । पत्र अनुसार थाहा नगरपालिकामा पनि नगर क्षेत्र भित्रका खोलानाला, नदि तथा अन्य कुनै पनि स्थानमा रहेका ढुङ्गा, गिटी, बालुवाहरुको उत्खनन्  प्रशोधन कार्य २०७६ श्रावण १ गते देखि बन्द गरिएको व्यहोरा सहित नगरले सार्वजनिक सूचना गरेको थियो । तर, सूचना सूचनामा मात्र सीमित देखिएको छ । 

सूचनाका अनुसार २०७६ असार मसान्त अघि नै उद्योगमा रहेको मौज्दात प्रमाणित भएका उत्पादन मात्र बिक्री वितरण गर्न पाइने र सूचनालाई बेवास्ता गरी अनाधिकृत रुपमा खोलानाला वा खानीमा प्रवेश गरेको भेटिएमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम हुने भनिएको छ ।
अहिले थाहा नगरपालिकाको पालुङमा रहेको खैटेखोला, इन्द्रायणी चौर, शंखमुल लगायतका नदीका किनारमा बालुवा उत्खन्न गरी बोरामा भर्नेहरु दिनभर नै खोला छेवतिर देखिन्छन् । 

असार २७ देखि ३० गतेसम्म परेको अविरल वर्षाले नगरको खोला किनारमा अत्याधिक मात्रामा बालुवा थुप्रिएको छ । नगरले उत्खनन् रोक्का गर्न सुचना गरे पनि किन बालुवा उत्खनन् रोक्न सकेन? सूचना टाँस्नू र प्रकाशन प्रशारण बाहेक केही गरेको छैन । थाहा नगरपालिका राजश्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख खड्ग गोपालीले भने–“नगर भित्र भुकम्प प्रभावितहरुले आफ्नो घर बनाउनका लागि भन्दै बोरामा बालुवा लगेको हो। उनले भने,– जनताको घर बनाउने कुरालाई बाधा पार्न नहुने भएकोले हामीले रोक्न नसकेको हो, हामी जनताको भलाई चाहान्छौ तर ट्रक वा ट्रिपर मै भने लान दिदैनौँ ।


स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम पनि स्थानीय सरकारले संघीय कानूनसंग नबाझिने गरी कानून बनाई कार्यान्वयन गर्ने अधिकार छ भने, संघीय सरकारले जारी गरेको कानून, निर्देशन तथा निर्णय कार्यान्वयन गर्नुपर्ने प्रावधान छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।