nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तहलाई नदीजन्य पदार्थको विवरण पेश गर्न पत्राचार

जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका सबै स्थानीय तहहरुलाई नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा विक्रि वितरणको विवरण माग गरेको छ ।

मकवानपुरका सबै स्थानीय तहहरुलाई ८ साउनमा पत्राचार गर्दै असार मसान्तसम्म स्थानीय तहहरुले नदीजन्य पदार्थबाट संकलित राजश्वको विवरण माग गरेको हो । ढुङ्गा गिठट्टी वालुवा जिल्ला अनुगमन समितिलाई अहिलेसम्म स्थानीय तहबाट राजश्व संकलन तथा कति रसिद भएको लगायतको विवरण पेश गर्न पत्रमा भनिएको छ । राजश्व कुन प्रक्रियाबाट संकलन गरिएको हो त्यसको विवरण समेत पत्राचार गरेर माग गरेको छ ।

स्थानीय तहहरुलाई पठाइएको पत्रमा भनिएको छ,–‘राजश्व संकलित अंक समेत यथासक्य छिटो उपलब्ध गराइदिन अनुरोध छ ।’ 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)