Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीय तहको लागि सात अर्ब ४४ करोड निकासा

अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि सात अर्ब ४४ करोड निकासा गरेको छ ।

पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक/एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताए ।

अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो ।