Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । १० वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणको चुनाव बैशाख ३१ र दोस्रो चरणको चुनाव जेठ ३१ गते हुनेछ । 

अब प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरण अर्थात बैशाख ३१ गते हुनेछ भने प्रदेश नम्बर १, २, ५ र ७ मा भने दोस्रो चरण अन्तरगत जेठ ३१ गते निर्वाचन हुनेछ ।

मन्त्रिपरिषद् बैठकले पहिलो चरणको चुनावको उम्मेदवारी दर्ताको मिति केही दिन पर सार्न समेत निर्वाचन आयोगसँग आग्रह गरेको छ । बैशाख ३१ को चुनावका लागि निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बैशाख १६ गते तोकिएको छ । तर, अब बैशाख १९ गते तोकिने बताइएको छ। सरकारले ११ वैशाखमा निर्वाचन आयोगसँग थप परामर्श गर्ने तयारी समेत गरेको छ ।

हेर्नुहोस् नक्शामा चुनाव हुने जिल्लाहरुः