Sunday, 11th April, 2021
वि.स.

स्थानीय तहः सहमतिबाट दलहरु पछि हटे

इलाकालाई मुख्य आधार मानेर स्थानीय तह गठन गर्ने सहमतिबाट राजनीतिक दलहरू पछि हटेका छन् । १७ असोजमा स्थानीय तह पुर्नसंरचना आयोग र राजनीतिक दलका नेताहरूबीच भएको छलफलमा यस्तो बताइएको हो । छलफलपछि दलहरू ९२७ इलाकालाई प्रमुख आधार मानेर स्थानीय तह गठन गर्नुपर्ने निर्णयबाट पछि हटेका हुन् । बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगको संबैधानिक अधिकार हनन भएको गुनासो गरेका थिए । 

अधिकांश जिल्लाबाट पुर्नसंरचना प्रस्ताव आईसकेको र बाँकी पनि आउने क्रम जारी रहेको अबस्थामा टीओआर परिर्वतन हुँदा काम गर्न नसकिने अध्यक्ष पौडेलले जानकारी दिएका थिए । साथै, २१७ नगरपालिकालाई यथावत् राख्ने निर्णयबाट पनि पछि हटेका छन् । अब आयोगले तोकेको ५६५ पनि संख्या नहुने र दलीय सहमतिको ९२७ पनि नरहने सिंहले बताए । 
 बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, संघीय मामिला तथा स्थानीय विकास मन्त्री र स्थानीय तह पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल सहभागी थिए ।