nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानिय जुटे पापुङ्गमा पर्यटन विकासकाे लागि

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको पुरानो नेवार बस्ती पापुङ्गलाई पर्यटकीय आकर्षणको रूपमा बिकास गर्न लागीएको छ । २५० परिवार रहेको बस्तीमा पापुङ्ग टोल बिकास समिति गठन गरी गाउँले आफै मिलेर सो कार्यलाई अगाडि बढाएका छन ।

समितिका अध्यक्ष ईन्द्र श्रेष्ठले बताए अनुसार प्रत्येक परिवारबाट नगद पाँच हजार रुपैया र ३ जनाको श्रमदान अनिवार्य गरिएको छ । उठाइएको सोही रकम खर्च गरेर गोरेटो बाटो र सडकमा ईट्टा बिछ्याउने पुराना पाटीहरुको मर्मत सम्भार गर्ने तथा गाउँका बिचमा रहेको केही धाराहरुलाई हटाएर कलात्मक र परम्परागत ढुङ्गेधारा बनाउने योजना रहेको छ ।

अहिले ३ स्थानबाट काम सुरु गरिएको यो योजना सम्पन्न गर्नको लागि करिब २ करोड रुपैया लाग्ने र सो रकमको लागि आफुले नगरपालिका र राजनीतिक दलका नेताहरु समेतलाई अनुरोध गरेको पनि समितिका अध्यक्ष ईन्द्र श्रेष्ठले बताए ।