Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्ट्रङ्ग सौल डान्स क्रिउमा सामुहिक रक्षा बन्धन

40100497_262750711029504_-1535352326.jpg

कला र गलाको साथै मनोरञ्जनको एउटा महत्वपूर्ण समूहको रुपमा रहेको स्ट्रङ्ग सौल डान्स कृउको समूहले सामुहिक रुपमा रक्षा बन्धन मनाएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको नृत्य समूहले नृत्य कक्षामा सहभागी सबैजनाको साथमा रक्षा बन्धन मनाएको हो । आफ्ना दाजुभाइ र दिदीबहिनी भएका र नभएका सबैजनाले पारिवारिक वातावरणमा एकसाथ रक्षा बन्धन गरेका हुन् । थाहा कला केन्द्रबाट छुट्टिए पछि आफ्नो छुट्टै समुह बनाएर कलाकारितालाई निखार्दै रहेको सो समूहले आफ्नो डान्स क्लासमा नै पारिवारिक वातावरण सिर्जना गरि रक्षा बन्धन गरेका हुन् ।


रक्षा बन्धन पश्चात आफ्नो भनाई राख्दै रोशन तामाङले आफुले पहिलो पटक रक्षा बन्धन मनाएको बताए । दाजुभाईको लागि दिदी बहिनीहरुको महत्व दर्शाउँदै घरायसी काम देखि सबै काममा दिदी बहिनीको साथ सहयोग र साथित्व हुने भए पनि आफ्नो दिदी बहिनी नहुँदा आफुलाई पीडा भएको सुनाए । उनले समूहमा आएर कसैले पनि दाजुभाइ र दिदीबहिनी नभएको आभास गर्न नपर्ने बताए । साथै आफ्नो समूहले छोटो समयमा धेरै उपलब्धि हाँसिल गरेको बताउँदै सो उपलब्धिको लागि सदस्यहरु सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।


डान्स क्लास मार्फत नै कतिले नयाँ दाजुभाई र कतिले नयाँ दिदी बहिनी पाएको प्रति सबैले कार्यक्रमको माझ खुशी ब्यक्त गरे ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।