nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सेफ्टी ट्याङ्की निर्माण हुने

jci-1532513327.jpg

पालुङ जेसिजले आफ्नो र समुदायको हितलाई मध्यनजर गर्दै जेसीज हलमा रहेको शौचालयको सेफ्टी ट्याङ्की निर्माण कार्य सञ्चालन गर्ने भएको छ । जसिजको सभाहलसँगै भएको शौचालयको सुरुवाती समयदेखि नै सेफ्टी ट्याङ्कीको समस्या थियो । 
जेसिज भवन नजिकभएर आवतजावत गर्न दुर्गन्धका कारण समस्या नै भएपछि ट्याङ्की निर्माणको लागि जेसिज अघि बढेको छ ।  जेसिज भवनको निर्माणको समयमा नै शौचालय बनाइए पनि सेफ्टी ट्याङ्कीको नाममा खाल्डो खनेर माथिबाट बाँस, जस्ता र पालले छोपिएको थियो । समय बित्दै जाँदा पाल र जस्ता जिर्ण हुँदै गएपछि र सेफ्टीमा नालीको पानी समेत मिसिएर सडकमा बग्न थालेपछि पैदल यात्रुहरुले बिरोध गरेका थिए । बिरोध पश्चात सेफ्टी निर्माण नभएसम्म हलमा कुनै पनि कार्यक्रम नगर्ने जनाइए पनि क्याम्पसको शौचालय प्रयोग गर्नेगरी केही  कार्यक्रमहरु सञ्चालन भएका थिए ।
कार्यसमिति परिवर्तन र जिम्मेवारी हस्तान्तरणको कारण शौचालयको सेफ्टी टयाङ्कीमा ढिलाई भएको पालुङ जेसिज वर्ष २०१८ का अध्यक्ष बिजय श्याम अमात्यले बताए । अघिल्ला वर्षहरुमा जे जस्तो अवस्था भए पनि आफ्नो कार्यकाललाई सफल बनाउने उनले बताए । सेफ्टी टयाङ्की निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राख्दै यही श्रावण महिना भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने उनको भनाइ छ । 
हाल उक्त ट्याङ्की निर्माणका लागि उपभोक्ता समिति निर्माण गरी नगरपालिकासँग समन्वय गरिरहेकोे अमात्यले बताए । नवराज लामाको अध्यक्षतामा निर्माण समिति बनाइएको छ ।     



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।