nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सुन ओसार्ने ल्वागुन हेटौडा पक्राउ

मकवानपुरको हेटौँडामा प्रहरीले अबैध सुन सहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले डेढ किलो सुन सहित भोजपुर जिल्ला षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिकलाई पक्राउ गरेको हो । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा सुनसहित विक पक्राउ परेका हुन ।

उनको साथबाट प्रहरीले १ किलो ६ सय ४९ ग्राम सुन बरामद गरेको छ । विकले दुवै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा सुन लुकाएका थिए । विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)