Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुत्केरी, बालबालिका, वृद्धवृद्धा र सचेत दम्पतिलाई सहकारीको सम्मान

Samman-1514194699.jpg

पालुङ बहुद्देश्यीय सहकारी संस्थाको १९आंै स्थापना दिवस विविध कार्यक्रम सहित आईतबार सम्पन्न भएको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विमलकुमार ढकालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा नगर प्रमुख विष्टले वृद्ध बाआमालाई सदैव सम्मान गर्नु पर्ने कुरामा जोड दिए । उनले भने ‘“हाम्रो समाजमा बृद्धबृद्धाको निकै नै आवश्यक छ, तिनको सम्मान विभिन्न कार्यक्रममा मात्र नभई सधै गर्नुपर्छ ।’  

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा थाहा स्वास्थ्य सहकारीका अध्यक्ष हरिकृष्ण काकीले अहिलेको युवा पलायन हुने प्रचलनलाई रोक्न संस्थाले अझै बढी भूमिका खेल्नुपर्ने कुरामा जोड दिए । नेपाली कंग्रेस थाहा नगर कमिटिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले संस्थाको उन्नतिमा कर्मचारी र व्यवस्थापनको ठूलो रहने भन्दै कर्मचारी र व्यवस्थापनको उच्च मूल्याङ्कन गरे । 

कार्यक्रममा नेपाली कंग्रेस थाहा नगर कमिटिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, माओवादी केन्द्र थाहा नगरका अध्यक्ष अरुण रायमाझी, वडा नं. २ का वडा अध्यक्ष गुप्तबहादुर कार्की, वडा नं. ६ का वडा अध्यक्ष शशिधर सुवेदी, थाहा थाहा स्वास्थ्य सहकारीका अध्यक्ष हरिकृष्ण कार्की, पालुङ बहुमुखी क्याम्पसका प्रमुख रामहरि अधिकारी, नेपाल रेडक्रस सोसाईटी उपशाखा पालुङका सभापति केदार प्रसाद विडारी, दामनका मधुसुदन रायमाझी, पाण्डुकेश्वर क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष राममणि ढकाल, लायन्स क्लब अफ पिस थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, पाथिभरा बचतका अध्यक्ष अर्जुन कार्की लगायतको आतिथ्यता रहेको थियो ।संस्थाका सचिव रामप्रसाद ढकालले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष सानोभाइ कार्कीले स्वागत गरेका थिए भने कोषाध्यक्ष कृष्णबहादुर विष्टले सहकारीसम्बन्धी जानकारी दिएका थिए । 

उक्त अवसरमा विविध विधामा शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ । आदर्श दम्पति अन्तर्गत  थाहा नगरपालिका–२ का राधिका थापा सम्मानित भइन् । त्यसैगरी जेष्ठ सदस्य अन्तर्गत  माइली विष्ट, ठूलो नरबहादुर प्रधान, रामप्रसाद ढकाल, गंगादेवि शिकारी, धनलाल गोपाली र रामबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।  साथै स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा सुत्केरी गराएका १० सुत्केरी महिलालाई न्यानो झोला वितरण गरिएको थियो । 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।