nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सिस्नेरीमा स्वास्थ्य शिविर सम्पन्न

यूवा सेवा समाज (युसेस) र यूनिलिभरको लायफव्याय प्रोडक्टको सहकार्यमा  बुधबार मकवानपुर जिल्ला सिस्नेरी गा.विस. स्वास्थ्य चौकीमा सम्पन्न भएको निःशुल्क घुम्ती स्वास्थ्य क्लीनिक मा १०२ जनाले स्वास्थ्य परिक्षण र उपचार गराएका छन् । उक्त कार्यक्रममा चिकित्सक टोलीहरुमा दन्तरोग विशेषज्ञ डा. अरिफ करिम, फीजिसियन डा. सुष्मा हुल्जार र सहयोगी पुण्य निरौला र सि.एम.ए. श्रीदेवी थापा रहेका थिए । 

५५ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएकोमा अधिकांस महिलाहरुमा महिनावारी गडवडी र पाठेघर सम्वन्धी समस्या देखिएको छ । ७ महिना देखि ८१ वर्ष उमेरका सम्पूर्ण जनजाती समुदायका विरामीहरुले उपचार प्राप्त गरेको उक्त शिविरमा निःशुल्क औषधि पनि वितरण गरीएको थियो ।