nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सिस्नेरीको सडकमा उत्रिए स्थानिय, प्राधिकरणका मान्छे नआएसम्म बाटो नखोल्ने

आज दिउँसो करेन्ट लागेर २ जना सवारी चालकको मृत्यु भएको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले गरेको लापरवाहिको विरोध गर्दै साँझ ७  बजे देखि सडकमा उत्रिएका छन् । मृतक दुइको सव पोष्टमार्टमको लागि लाने तयारी भैरहेको छ भने स्थानियहरु प्राधिकरणका प्रतिनिधि तथा प्रमुख नआएसम्म बाटो नखोल्ने भन्दै प्रहरी चौकी सिस्नेरीमा बिरोध गरिरहेको स्थानिय सन्तोष बानियाँले जानकारी दिए । १ घण्टा देखि सुरु भएको विरोधले बाटो बन्द हुँदा सवारीको लाम लागेको छ ।

 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।