Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

सिसिडिएनको आयोजनामा डकर्मीसिकर्मी तालीम शुरु

CCDN-PM-1474187763.jpg

थाहा नगरपालिकाको थानाबजारमा २ असोजबाट सिकर्मी डकर्मी तालीम शुरु भएको छ । आईसीसीओ कोअपरेशनको आर्थिक सहयोग तथा सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) को आर्थिक सहयोगमा शुरु भएको सातदिने तालीममा थाहा नगरपालिका वडा नम्बर ९, १०, र १२ का २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहराको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा थाहा नगरपालिका कार्यालयका प्रशासन तथा सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्तर्गतका इन्जिनियर सजिना सिंखडा, सोनी कार्की, सिसिडिएनकी सामाजिक परिचालक सुशीला गोपाली आईसीसीओ कोअपरेशनका सहयोगमा सिसिडिएनले संचालन गरेको सिकोन परियोजना संयोजक दिव्या आचार्यलगायतले मन्तव्य व्यक्त गर्दे तालीमको सफलताको कामना गरेका थिए ।
परियोजना संयोजक आचार्यको सभाध्यक्षतामा भएको तालीमको उद्घाटन समारोह सिसिडिएनका जगत बजगाइले संचालन गरेका थिए । सिसिडिएनले उत्तरी मकवानपुरमा भूकम्प पुर्ननिर्माणका विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg