Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चट्याङ लागेर एकको मृत्यु

chatyang-1588320402.jpg

सिन्धुलीमा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ श्रीपुरमा बिहीबार दिउँसो चट्याङले लाग्दा स्थानीय रामबहादुर राईका ३१ वर्षीय छोरा पुरुषोत्तम राईको मृत्यु भएको हो । 

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका प्रमुख स्वकीय सचिव तथा स्थानीय भुवन राईका अनुसार मरिन नदीमा संचालन गरिएको पानी घट्टामा आफन्तलाई खाना पुर्‍याएर घर फर्किदै गरेका राईलाई खोलामै चट्याङ लागेको थियो । 

चट्याङका कारण राईको घटनास्थलमै मृत्यु भएको स्वकीय सचिव राईले जनाए । 'मृतक राइको टाउको जलेको छ । उनले बोकेको मोबाइल समेत जलेको छ । चट्याङ लागेको थाहा पाएपछि स्थानीयले उद्धार गरी हरिहरपुरगढी स्थानीय पोलीकिल्नीकमा राईलाई पुर्‍याउने वित्तिकै डाक्टरले उनको मृत्यु घोषणा गरेको हो।

घटनाबारेमा इलाका प्रहरी कार्यालय कपिलोकोटलाई जानकारी गराइएको र इलाका स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको टोली सहित पोष्टमार्टमका लागि त्यसतर्फ जाँदै गरेको बताइएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०