Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

साहित्यकार बिर्खे अञ्जानलाइ पितृ शोक

33831252_2041239889468226-1527584340.jpg

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर सँस्थागत साहित्यको बिकासमा सेवारत साहित्यकार बिर्खे अञ्जानका पिता कृष्णप्रसाद बर्तौलाको मृत्यु भएको छ । उनको ८२ बर्षको उमेरमा उपचारको क्रममा भरतपुर चितवनमा जेठ ९ गते दिउसो १२ बजे उपचारकै क्रममा निधन भएको हो । बतौलाको निधन भएपछि बिर्खे अन्जानलाई पितृ शोक परेको छ ।
अन्जानका पिता बर्तौला धार्मिक अनुसन्धान र सो सम्बन्धि ज्ञाता थिए । खैरहनी नगरपालिकामा बसोबास गर्दै आएका बर्तौला मुटु रोगी थिए । बतौलाका ८ छोरी र ५ पुत्र छन् । पत्रकार राम आँसु र साहित्यकार बिर्खे अञ्जान उनका माइला र साहिला छोरा हुन् । बतौलाका जेष्ठ सुपुत्र शिक्षा सेवामा आबद्ध छन् भने अन्य दुई छोरा बैदेसिक रोजगारमा छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०