Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सामाजिक काम गर्न युवाहरु संगठित भए संभव–प्रमुख विष्ट

nYAAAA-1581756915.jpg

समाज सेवाको लागि व्यक्तिगत स्वार्थबाट माथि उठ्नुपर्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताएकाछन् । यस्तै उदाहरणीय सामाजिक काम गर्न युवाहरु संगठित भएर मात्र संभव भएकोले यसतर्फ लाग्नूपर्ने प्रमुख विष्टको भनाइ थियो । ल्याम्ह् पुचः मकवानपुर शाखाको रजत जयन्तीको थाहानगरमा ३ फागुनमा उद्घाटन गर्दै प्रमुख विष्टले यस्तो बताएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका विष्टले सामाजिक सेवाका लागि ऐन कानुनले कहिल्यै नरोक्ने बताए । उन प्रतिप्रश्न गर्दै भने–‘कोही दुःखी व्यक्ति सडकमा अलपत्र छ, उसलाई संरक्षण र सहयोग गर्न कुन कानुनले छेक्छ ?’ अहिले सरकार कानून नै कानूनको जालोमा रहेको बताउँदै राम्रा काम गर्नको लागि कतिपय कानूनले नै अल्झाएकोले त्यस्ता कानूनी अड्चनलाई संशोधन गर्न आवश्यक भएको औल्याए । कुनै बेला युवाहरु गाउँ छाडेर अन्यत्र जानेर ज्येष्ठ नागरिक र बालबालिकाको देश हुनेतर्फ सचेत पारे । आफ्नो गाउँमा नबस्ने, सम्वृद्धि पनि खोज्ने कुराले कहिल्यै मेल नखाने नगर प्रमुख विष्टको भनाई थियो ।

कार्यक्रमको विशिष्ट अतिथि तथा ल्याम्ह् पुचः केन्द्रीय अध्यक्ष सहनशीला श्रेष्ठले ल्याम्ह् पुचः मकवानपुर शाखाकाले गरेका कामहरु निकै राम्रो भएको बताउँदै प्रशंसा गरिन् । शैक्षिक क्षेत्र, पर्यावरण तथा स्वास्थ्यको क्षेत्रमा मकवानपुर शाखाले प्रशंसनीय कार्य गरेको उल्लेख गर्दै संस्थाको अन्य शाखाको तुलनामा काममा जेठो भएको बताइन् । कार्यक्रममा ल्याम्ह् पुचः केन्द्रीय महासचिव टंक पन्तले सकारात्मक काममा संस्थाले युवा परिचालनको माध्यमबाट गरेको काम नमुना लायक भएको बताए । युवाहरुलाई सामाजिक काममा डो¥याउने संस्थाको रुपमा ल्याम्ह् पुचः स्थापित भएको बताए । 

कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई ल्याम्ह् पुचःका केन्द्रीय कोषाध्यक्ष जर्म श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट ‘आदर्श’, जनकल्याण माविका प्राचार्य सानोभाइ कार्की, रोटरी क्लब अफ थाहानगरका अध्यक्ष अच्युतम प्रसाद ढकाल, नेपाली काँग्रेस थाहानगर उपसभापति भरत गोपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक किरणमान बल, नेकपा मकवानपुर सदस्य विष्णु प्रसाद ढकाल, नेकपा थाहानगर अध्यक्ष अरुण रायमाझी सचिव सानुकाजी गोपाली,  पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझी, संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, थाहानगर होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्री, फरकसोच अभियानका अध्यक्ष यादवजंग रायमाझी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरुकोहरु लगायतकाको आतिथ्यता रहेको थियो । 

कार्यक्रमको अवसरमा ल्याम्ह् पुचः मा आवद्ध भई वा नभएर योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने अतिथीहरुलाई मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रम ल्याम्ह् पुचः मकवानपुर शाखाका अध्यक्ष मोहनमान श्रेष्ठको सभाध्यक्षतामा भएको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०