Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सामाजसेवि मैनालीद्धारा चेपाङ विद्यार्थीलाई न्यानोकपडा सहयोग

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ का चेपाङ प्राविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि हेटौडा निवासी सामाजसेवि पोकराज मैनाली र पार्वती मैनालीले विद्यालयमा गई सुईटर, टोपी र शैक्षिक सामाग्री प्रदान गरेको हो ।

जापानमा वस्दै आएका मैनालीका छोरा प्रसंन्न मैनाली सहयोग जुटाई विद्यालयमा अध्ययनरत १ सय १३ जना विद्यार्थीलाइ प्रदान गरेका हुन् । सो विद्यालयका प्रध्यानाध्यपक राजेन्द्र न्यौपानले विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यावद दिर्दै जाडोले गर्दा विद्यार्थीहरुलाई अध्यायन गर्न समेत आउन कठिन भईरहेको अवस्थामा यस सहयोगले विद्यार्थीहरुले जाडोमा केहि राहात पाएको बताए ।

कार्यक्रममा नयाँ शक्ति पाटि नेपालका राजन मैनाली,अभिभावकहरुको उपस्थित रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०