Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

साना किसान कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

sanakisan-1506080712.jpg

थाहा नगरपालिकाको बज्रवाराहीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पनन भएको छ । संस्थाका ज्येष्ठ शेयर सदस्य दिल कुमारी थापाकोको प्रमुख आतिथ्य तथा थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदीको विशेष आतिथ्यमा भएको हो । कार्यक्रममा विभिन्न सातवटा सामुदायिक विद्यालयको प्रथम छात्र÷छात्राहरुलाई पुरस्कृत गरिएको छ ।  

यसरी पुरस्कृत हुनेहरुमा बज्रवाराही माविकी करुणा रुम्बा, सुनौला माविका सामुयल भोम्जन, उदय प्राविका ज्योति लामा, हिमालय प्राविका रेणुका थापामगर, गणेश प्राविका समिता लामी, दुर्गादेवी प्राविका मनकुमार िवाइवा, बसनत प्राविका अनुषा लामालाई नगद, विद्यालय पोशाक तथा स्टेशनरी हस्तान्तरण सहित पुस्कृत गरिएको छ । 

त्यसैगरी सहकारीले आफ्ना शेयर सदस्यहरुका जेहेन्दार छात्रछात्रा सम्मान अन्तर्गत एइईतर्फ बज्रवाराही माविका विकास सुवेदी, सुनौला माविका योगेश लामिछाने र मनिष गोपाली तथा उच्च मावितर्फ बज्रवाराही माविका भावना श्रेष्ठ, कृष्टिका गोपाली, मालती गोपालीलाई नगद तीनहजार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कर्यक्रममा ज्येष्ठ सदस्य मनोहर विडारी र दिलकुमारी थापालाई उपहार सहित सम्मान गरिएको थियो । १ हजार ३ सय २ जना शेयर सदस्य रहेको स.स्थाको शेयर पुँजी ७० लाख ९५ हजार ५ सय रहेको छ भने यस वर्ष ४३ लाख २५ हजार ३ सय ४५ मुनाफा आर्जन गरेको छ । साधारणसभा संस्थाका अध्यक्ष महेश्वर सुवेदीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०