nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सातदिन भित्र चुनावको मिति तोक्छौं–आहुती

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुती’ले सातदिन भित्रमा स्थानीय तहको चुनावको मिति घोषणा हुने बताएका छन् । आहुतीले सरकार चुनावको विषयमा गम्भीर भएको बताउँदै २०७४ जेठ महिना भित्रमा चुनाव गरेरै छाड्ने उल्लेख गरे । आहुतीले चुनाव गरेपछि मात्र जनताले संविधानको मर्म बुझ्ने बताए । संविधान कार्यान्वयनका लागि पनि स्थानी तहको चुनाव गर्नुपर्ने बताए । मकवानपुरको थाहानगरमा कार्यकर्ताहरुका लागि आयोजना पार्टी एकता भेला तथा प्रशिक्षण कार्यक्रमको अवसरमा उनले यस्तो बताएका हुन् । संघीयता, गणतन्त्र लगायतका मुद्दा माओवादीले उठाएकाले यसलाई कार्यान्वयन पनि माओवादीले गरेरै छाड्ने उनको प्रतिवद्धता थियो । उनले भने–‘अहिले माओवादी सरकारमा भएकोले पनि कार्यान्वयन संभव छ ।’


देशव्यापी कार्यक्रम अनुसार ११ पौषमा थाहानगरमा एकीकृत नेकपा माओवादी र नेकपा माओवादीबीच एकता भएपछि नगर कमिटिले भेला आयोजना गरेको हो । कार्यक्रममा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा पूर्व सभासद कुमारी मोक्तानले मुलुकलाई अग्रगमनमा लैजानको लागि जनताले साथ दिएको बताउँदै माओवादी केन्द्र देशकै ठूलो पार्टी हुने बताइन् ।  कम्यूनिष्ठ आन्दोलनका नेता माओत्सेतुङको जन्म दिनको अवसरमा नेकपा माओवादी केन्द्र थाहा नगरकमिटीले कार्यक्रमको आयोजना गरेको हो । 
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा थाहानगर अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य जागृत रायमाझी, केन्द्रीय सदस्य तथा मकवानपुर २ नम्बर क्षेत्र संयोजक बलराम बल, उपसंयोजक विष्णु विष्टलगायतकाको आतिथ्य रहेको थियो ।