Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

संस्कृति र पहिचानलाई समृद्धिसंग जोडौं: उपसभामुख तामाङ

RDHIKA-1552990987.png

प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले अनदिबासी जनजातिका सामाजिक र सांस्कृतिक पहिचानलाई संरक्षण गर्नुपर्ने बताइन् । तामाङले संस्कृति र परम्पराको संरक्षण गरी यसलाई आर्थिक समृद्धिसंग जोड्नुपर्ने बताइन् । 

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ प्रदेश नं. ३ समितिको प्रथम महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा परिचयात्मक कार्यक्रममा उपसभामुख तामाङले यस्तो बताएकी हुन् । पत्रकारहरुले आवाज विहिनहरुको आवाज तथा सहि सत्य कुरालाई निडरताका साथ अगाडि ल्याउनु पर्ने बताउँदै पत्रकारिताको शक्तिले जनताका अधिकार र राष्ट्रको समृद्धि हासिल गर्न महत्वपुर्ण भुमिका खेल्ने उनको भनाइ थियो । 

यसै गरि नवनिर्वाचित फोनिज प्रदेश ३ का अध्यक्ष पेमा शेर्पाले अब आफुहरु बत्तीमुनीको अँधेरो जस्तो भएर नबस्ने प्रतिवद्धता व्यक्त गर्नु गरे । नेपाल तामाङ घेदुङ संघीय सभाकक्ष चुच्चेपाटी बौद्ध काठमाण्डौमा नेपाल आदिबासी जनजाति महासंघ नेवाः तामसालिङ ३ नं। प्रदेश तदर्थ समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ काठमाण्डौ समितिले समेत निर्वाचित समितिलाई सम्मान तथा बधाई दिएको थियो ।

साथै, नेपाल आदिबासी जनजाति पत्रकार महासंघका संघीय अध्यक्ष डण्ड गुरुङले सर्वसम्मतबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदैँ अब गुनासो गर्ने भन्दा पनि गुनासोलाई सम्वोधन गर्ने गरि स्वायक्तरुपमा प्रदेश समितिलाई काम गर्न निर्देशन दिए । साथै गुरुङले यो महाधिवेशनले एकताको र इमान्दारिताको सन्देश दिएकोले अझ एक भएर पत्रकारिताको मर्मलाई टेकेर यसमा निर्धक्कका साथ अगाडि बढ्न आग्रह गर्नु गरे । त्यस्तै नेपाल आदिबासी जनजाति महासंघ नेवाः तामसालिङ ९३ नं। प्रदेश० तदर्थ समन्वय परिषद्का संयोजक काजीमान थिङले पत्रकारिता हेर्ने मात्र नभई देख्नु पर्ने भएकोले समाजका ओझेलमा परेका र पारिएका विषयबस्तुहरुको पक्षमा लेख्न तथा बोल्न आग्रह गर्नु गरे ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका महासविच बाबु घिसिङ, नेपाल आदिबासी जनजाति युवा महासंघ प्रदेश ३ का अध्यक्ष बिलम मोक्तानले पनि बधाई ज्ञापन गरे ।कार्यक्रमको सञ्चालन नेपाल आदिबासी जनजाति महासंघ नेवा तामसालिङ ३ नं। प्रदेश तदर्थ समन्वय परिषद्का कोषाध्यक्ष गोपाल गुरुङले गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)