nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सहकारी विकासको अब्बल आधारः मन्त्री थामी

sahakari-1474741255.jpg

शहरमा भन्दा सहकारीको प्रभाव गाउँमा बढि रहेको सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थामीले बताएकाछन् । सहकारी विकासको एउटा अब्बल आधार भएकाले ग्रामिण क्षेत्र र आर्थिक रुपले पछि पारिएका वर्गको विकास गर्नुछ भने त्यो सहकारीको माध्यमबाट मात्र संभव हुने मन्त्री थामीले बताए । मकवानपुर थाहा नगरपालिका बज्रवाराहीमा रहेका प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थामीले यस्तो बताएका हुन् । 
साधारणसभाले लेखा समिति संयोजक उद्धव लामिछानेको प्रतिवेदन पास गरेको छ । प्रतिवेदनमा ६ कारोड ८१ लाख ६९ हजार ९ सय २५ रुपैयाँ क्रण लगानी, २ करोड ७ लाख ९६ हजार ४ सय शेयर पुँजी रहेको उल्लेख छ । सहकारीको १ हजार ३ सय सदस्य अवद्ध छन ।  कार्यक्रममा केन्द्रीय कृषि सहकारी संघका लेखा समिति सदस्य महेश्वर सुवेदी, प्रेस चौतारी नेपाल मकवानपुरका सदस्य निराजन गोपाली लगायत विभिन्न राजनितीक दलका प्रतिनिधि, संघसंस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सभाले अध्यक्ष र सचिवको प्रतिवेदन पनि पनस गरेको छ ।
साधारणसभा संस्थाका अध्यक्ष राजेन्द्र विडारीको सभाध्यक्षतामा भएको थियो । 
-निराजन गोपाली/थाहानग