nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सहकारी: महिला सेयर सदस्यको संख्या बढ्यो

sunday-c-1481454483.jpg

मकवानपुर जिल्लामा बचत तथा ऋण सहकारी संस्थाको सेयर सदस्यमा महिलाको संख्या पुरुषको तुलनामा बढी भएको पाईएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तानले बचत सहकारीमा महिला सेयर सदस्यको संख्या तथा उपस्थिति पुरुषको तुलनामा बढी भएको जानकारी दिनुभयो । जिल्लाका ८५ वटा सहकारीबाट लिइएको तथ्यांक अनुसार कूल ५९ हजार सेयर सदस्य रहेकोमा महिलाको संख्या ४३ हजार रहेको अध्यक्ष सिन्तानले बताउनुभयो । जसमा पुरुष सेयर सदस्यको संख्या कुल १६ हजार मात्रै रहेको छ ।

ग्रामीण क्षेत्रमा भएका सहकारीको भौगोलिक विकटताका कारण सबै सहकारीहरुबाट तथ्यांक लिन नसकिएकोले हाल ८५ वटा सहकारीको मात्रै तथ्यांक जिल्लामा रहेको उहाँको भनाई छ । जिल्लामा कुल ५ सय ५६ वटा सहकारीमध्ये २ सय १२ वटा सहकारी बचत तथा ऋणको क्षेत्रमा काम गर्दछन् । जसमध्ये १ सय २७ वटा बचत तथा ऋण सहकारी जिल्ला बचत तथा ऋण सहकारी संघमा आबद्ध छन्, भने ४० वटा बचत तथा ऋण सहकारीमा महिलाहरु मात्रै छन् । १४ जनाको कार्यसमिति रहेको जिल्ला बचत संघमा अध्यक्षसहित ८ जना महिला छन् । महिलाले मात्रै सञ्चालन गरेका सहकारीहरु पनि हुनु, सहकारीमा महिलालाई प्राथमिकता दिइनु र प्लान इन्टरनेशनल जस्ता संस्थाहरुले सहकारीमा महिलालाई समेट्ने अभियान सञ्चालन गर्नुले सहकारीमा महिलाको उपस्थिति राम्रो हुन पुगेको अध्यक्ष सिन्तानले जानकारी दिनुभयो । महिला सहकारीहरु अन्त्यन्त जुझारु र सक्रियताका साथ सहकारीमा काम गर्दै नेतृत्व गर्ने अवस्थामा पुगेको र महिलाले नेतृत्व गरेको सहकारीले राम्रो काम गरिरहेको अध्यक्ष सिन्तानले जानकारी दिनुभयो । महिलाले सञ्चालन तथा नेतृत्व गरेको सहकारीले यस जिल्लामा निकै सफल भएको र पुरस्कृत हुन सफल हुनु गौरवको विषय भएको भन्दै उहाँले सहकारीमा महिला आवद्ध र नेतृत्वको अवस्था मकवानपुरमा राम्रो भएको दाबी गर्नुभयो ।

सहकारीमा महिलाका लागि आवश्यकता अनुसार वित्तिय, नेतृत्व क्षमता, सहकारीलाई परामर्श तथा विभिन्न तालिमको व्यवस्था पनि गरिएको उल्लेख गर्नुभयो । क्रियाशील पत्रकार महिला (ध्ध्व्) मकवानपुरले सन्डेक्लब अन्तर्गत आज आईतबार सहकारीमा महिलाको सहभागिता र नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । क्रियाशील पत्रकार महिला मकवानपुरका अध्यक्ष रञ्जिता डंगोलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् नानीमैया विष्ट, महासंघका जिल्ला सचिव कृष्ण सारुमगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागीहरुले सहकारीमा महिलाको सहभागिता, प्रयास, उपलब्धी, चुनौती जस्ता विषयमा जिज्ञासा राखेका थिए भने अध्यक्ष सिन्तानले आफ्नो अनुभव तथा तथ्याकंका आधारमा जानकारी दिनुभयो । यसैबीच क्रियाशील पत्रकार महिला मकवानपुरले सन्डेक्लब अन्तर्गत सञ्चालन भएको अन्य कार्यक्रमहरुको पनि समीक्षा गरेको छ ।

सामुदायिक बनमा महिला सहभागिता र नेतृत्व, तीजको सांस्कृतिक पक्ष र पत्रकार महिलाको भूमिका, असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा पारेको प्रभाव, महिलाको लागि पत्रकारितामा अवसर र चुनौती, एकल महिलाको सशक्तिकरणमा सरोकारवालाको भूमिका, प्रहरी संगठनभित्र काम गर्दा मकवानपुरका प्रहरी प्रमुख मीरा चौधरीको अनुभवबारे छलफल, महिला पत्रकारको पेशागत सुरक्षामा पत्रकार महासंघको भूमिका जस्ता विषयमा गरिएको सन्डेक्लबका छलफलबारे समीक्षा भएको हो । सन्डेक्लबका छलफलले रिपोर्टिङका लागि विषय पहिचानमा सहजता थपिएको र पत्रकार महिलाहरुबीच भेटघाट तथा अनुभव आदानप्रदानमा सहयोग पुगेको समीक्षा गरिएको थियो ।