Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सर्वनाममा प्रस्तुत भए रोशन र कविता

ROsan-1526453688.jpg

‘हामी कवि र कविता’को ५७औं शृंखलामा मंगलबार दुई कविले आफ्ना कवितामार्फत दर्शकको मन जितेका छन् । हरेक महिनाको पहिलो दिन आयोजना हुँदै आएको कविता सुनाउने यो कार्यक्रममा यसपटक कवि प्रभा भट्टराई र रोशन पुन प्रस्तुत भएका हुन् । पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका कविता प्रस्तुत गर्ने उद्देश्यले यो कार्यक्रम हुँदै आएको छ । मंगलबार पनि यी दुई कविले आफ्ना उत्कृष्ट कवितामार्फत दर्शकको ध्यान जिते ।

लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा यो कार्यक्रम आयोजना गरिएको राजधानी दैनिकमा खबर छ ।

कार्यक्रममा पहिलो चरणमा कवि प्रभा भट्टराई आफ्ना १० वटा कवितासहित प्रस्तुत भइन् । उनका कविता नारी प्रधान, राजनीतिक विषयवस्तु प्रधान र सामाजिक कुरीतिविरुद्धको व्यंग्यप्रधान थियो । कवि प्रभाले कार्यक्रममा छन्दमा कविना सुनाइन् । उनले सुनाएका कविताको शीर्षक कल्पना परी, त्यै भयो बरू, खै म के भनूं, आनन्द, धन्य छस् आज पैसा, म यो दसैं मनाउँछु, यहाँ खै केको स्वतन्त्र छ’लगायतका कविता उनले वाचन गरिन् ।

यस्तै, आफ्ना कविता लिएर कार्यक्रममा दोस्रो चरणमा अर्का कवि रोशन पुन प्रस्तुत भए । उनले आधा घण्टाको बसाइमा पुराना र नयाँ आफ्ना ११ वटा कविता  प्रस्तुत गरे । रोशनका कविता विविध विषयमा थिए । उनको फूल क्रान्ति कविता बिम्बयुक्त सशक्त थियो । यस्तै, रोशनका झरी, म धरहरा, पाठशाला, गुन्द्रुक, बाकसजस्ता कविता पनि त्यत्तिकै सशक्त थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०